काठमाडौँ – अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनित सुकुमार निर्देशित फिल्म ‘पुष्पा २’ ले दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । ‘पुष्पा २’ आउँदो बिहीबार (डिसेम्बर ५ ) देखि ‘पुष्पा २’ विश्वव्यापी प्रदर्शन तयारीमा छ ।
भारतसहित कतिपय देशका हलले अग्रिम टिकट बिक्री थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले अग्रिम टिकट बिक्रीबाट २४ घण्टामै ७।८ करोड भारु कमाएको छ ।
यसको नयाँ रेकर्ड बारे जानकारी पुष्पा २ को आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा दिइएको छ । पुष्पाः द रुल पेटीएममा २६ लाख अर्थात २६ लाख ब्याज पाउने पहिलो भारतीय फिल्म बनेको छ ।
यसअघि कुनै पनि चलचित्रले त्यति चासो पाएका थिएनन् । चासोको अर्थ यो एपमा धेरैले फिल्म हेर्ने इच्छा व्यक्त गरेका छन् । अब अग्रिम बुकिङ खुलेपछि यो कुरा पनि सत्य सावित भएको देखिन्छ ।
पुष्पा २ को टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ । रिपोर्ट अनुसार दिउँसो साढे दुई बजेसम्म फिल्मको तीन लाख ३१ हजार ५०३ टिकट बुकिङ भइसकेको छ । यति धेरै टिकटको मूल्य ९.९ करोड रुपैयाँ छ ।
यो तथ्यांक पहिलो दिनको मात्र हो । यस बाहेक, ब्लक सिटहरूको साथ यो संख्या पहिले नै १५.३४ करोड रुपैयाँ नाघेको छ। तेलंगानामा १.६७ करोड, कर्नाटकमा १.४५ करोड, महाराष्ट्रमा १.६ करोड, गुजरातमा ७०.६२ लाख, दिल्लीमा ८४.०४ लाख र ओडिशामा ७७.५२ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ।
पुष्प २ लाई सुकुमारले निर्देशन गरेका हुन् । यो फिल्म २०२१ मा रिलिज भएको पुष्प: द राइजको दोस्रो भाग हो। लामो समयदेखि फिल्मको प्रतिक्षा थियो । अब रिलिज हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया