काठमाडौँ– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको भित्ता चित्रकलाहरुले रङ्गिएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा कलाकारहरूले रङ्गशालाको सडकपेटीको भित्ताहरु कलाकारहरूले सजाइरहेका छन् ।
कलाकारहरुले कोरेका चित्रहरुमा खेल र खेलाडीहरु चित्रण भएका छन् । जसमा नेपालको परम्परागत मौलिक खेलहरुलाई बढी प्राथमिकतामा राखिएको छ । सार्वजनिक स्थानहरुमा कला सिर्जना गर्न महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानलाई ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
कला सिर्जनाको संयोजन भने कलाकार डीबी भण्डारीले गरिरहेका छन् । काठमाडौँको धार्मिक, सांस्कृतिक महत्वका साथै सौन्दर्य र सुन्दरता बढाउने महानगरको उद्देश्य छ । चित्रकला सिर्जनामा रसिक राज, जीवन लामा, विक्रम तामाङलगायतका कलाकारहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया