मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनीको स्क्रवबाट अनुहारलाई बनाउनुहोस् चम्किलो

काठमाडौँ– महिलाहरू आफ्नो अनुहारलाई सुन्दर बनाउनका लागि विभिन्न सौन्दर्य सामग्रीहरुको प्रयोग गर्ने गर्छन् । तर त्यसमा फाइदाभन्दा पनि नकारात्मक साइड इफेक्टहरु धेरै हुन्छन् ।

प्राकृतिक सामग्रीको प्रयोगबाट पनि तपाई आफ्नो अनुहारलाई चम्किलो र सुन्दर बनाउन सक्नुहुन्छ । यसका लागि तपाईँले चिनीको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

हाम्रो अनुहारमा मौसमको पनि असर पर्ने गर्छ । जस्तै गर्मीयाममा अनुहारमा पसिनाको असर हुन्छ । यस्तो अवस्थामा तपाईँले हप्ताको एक पटक चिनीको स्क्रब लगाउन सक्नुहुन्छ । आज हामी तपाईँलाई यसबारे जानकारी दिने छौँ ।

कागती र चिनी

गर्मीको मौसममा कागती र चिनीको स्क्रब बनाएर लगाउँदा अनुहारमा लगाउन सक्नुुहुन्छ । यो लगाएको केही समयमै तपाईँको अनुहारलाई चम्किलो बनाउँछ ।

ग्रीन टी र चिनी

ग्रीन टी स्वास्थ्यका लागि एकदम फाइदाजनक हुन्छ । किनकि यसमा विभिन्न किसिमका पोषक तत्वहरु पाइन्छ । जुन हाम्रो शरीरको लागि मात्रै नभई अनुहारको लागि पनि निकै फाइदाजनक छ । ग्रीन टीलाई चिनी मिसाएर स्क्रब गर्दा तपाईको अनुहार चम्किलो हुन्छ ।

बेसार र चिनी

बेसार स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । यसका लागि एउटा भाँडामा एक चम्चा बेसार र चिनी राखेर मिसाउनुहोस् । अब यसलाई स्क्रब गरेर अनुहारमा लगाउनुहोला ।

बेसन

बेसन अधिकांशको घरमा प्रयोग हुने गर्छ । यसलाई हामीले अनुहारको सौन्दर्यको लागि पनि प्रयोग गर्न सक्छौँ । बेसनले अनुहारमा प्राकृतिक तरिकाबाट चमक ल्याउन सक्छ । बेसनमा थोरै गुलाबजल पनि मिसाउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?