मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलायतमा आप्रावासीको संख्या गत वर्ष मात्रै ९ लाख थपिए

काठमाडौँ- गत वर्ष बेलायतमा आप्रावासीको संख्या ९ लाख नाघेको छ । जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको यउटा तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले ९ लाख ६ हजार आप्रावासी विगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो ।

सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, २८,००० पुगेको ओएनएसले बताएको छ । भिसा नियमहरू परिवर्तन भएपछि अध्ययन भिसामा आउने आश्रितहरूको सङ्ख्या भने अहिले घटेको छ ।

बेलायतका मतदाताहरू, जसको कुल जनसंख्या लगभग ६८ मिलियन छ, उनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यति ठूलो संख्यामा भएको आगमनले आवासको प्रकिया बिग्रन सक्छ र सार्वजनिक सेवाहरूमा थप तनाव ल्याउन सक्छ।

२०१६ मा बेलायतले युरोपेली संघ छोड्ने घटना कारण पनि यति धेरै संख्या बढनुको एक कारण मानिएको छ । तर स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारदाताले विदेशी कामदारविना काम गर्न नसक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?