मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार

काठमाडौँ- अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ अफल टोल बस्दै आएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार राईले सट्टेबाजी तथा क्रिप्टोमा हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ कारोबार गरेको भेटिएको छ।

भट्टराईका अनुसार राईले ७५ वटा बैंक खाता खोलेको अनुसन्धानमा खुलेको छ। उनले १२८ वटा इ-सेवा वालेट र बाइनान्स आइडी प्रयोग गरेर सट्टेबाजी क्रिप्टो कारोबार गरेको पाइएको छ। उनले आफ्नै कोठामा विभिन्न सामग्रीहरूको मद्दत लिएर त्यसरी गैरकानुनी क्रियाकलाप गरेको भेटिएको छ। राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार राईले विभिन्न व्यक्तिको नाममा नागरिकता प्रमाण पत्रसमेत प्रयोग गरेर ७५ वटा बैंक खाता खोलेका छन्। ती खाताको केवाइसी फारममा समेत आफ्नै फोटो टाँसेर ३७ करोड २० लाख ९६ हजार २८२ रुपैयाँ कारोबार गरेको खुलेको छ। उनले फरक-फरक व्यक्तिहरूको नामबाट १२८ वटा इ-सेवा आइडी खोलेका छन्। फरक-फरक डिभाइसबाट उनले ती खातामा ११ करोड ६७ लाख १९ हजार १९० रुपैयाँ कारोबार गरेका छन्।

राईले बाइनान्स आइडी खोलेर ६ करोड २३ लाख २४ हजार १९१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। यसैगरी, राईले २५ वटाभन्दा बढी जिमेल अकाउन्ट खोलेर वान एक्स बेट (जुवा) खेल्ने/खेलाउने गरेको खुलेको छ। ‘उनले विभिन्न स्थानमा कोठा लिएर लुकिछिपी, हुलिया परिवर्तन गरेर वान एक्स बेट खेल्ने गरेको अनुसन्धानमा खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने। पक्राउ परेका राई क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाउनेमध्येका मुख्य नाइके हुन्। अन्य व्यक्तिहरूको पहिचान भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?