मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय चलचित्र पुरस्कार समारोह

‘बुलाकी’ उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेतामा विपिन र अभिनेत्रीमा स्वस्तिमा (सूचीसहित)

काठमाडौँ– राष्ट्रिय चलचित्र पुरस्कार अवार्ड २०८० मा ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ । बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘बुलाकी’ लाई सर्वश्रेष्ठ चलचित्रको उपाधि प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड पाएका कलाकारलाई विभिन्न विधामा पुस्कार प्रदान गरे ।

यस्तै समारोहमा निर्देशक निश्चल बस्नेतले सर्वश्रेष्ठ निर्देशकको उपाधि हात पारे । उनले फिल्म ‘दिमाग खराब’ बाट उक्त उपाधि जिते भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई उत्कृष्ट अभिनेताको र फिल्म ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्कालाई उत्कृष्ट अभिनेत्रीको उपाधि प्रदान गरियो ।

त्यसैगरी ‘जारी’ लाई सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड दिइयो भने सर्वश्रेष्ठ पटकथा लेखन तथा संवादमा ‘बुलाकी’ बाट राजबहादुर सानेलाई दिइयो ।

शीतल निवासमा जारी राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्मकर्मीको उपस्थिति रहेको छ ।

यस्तो छ राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरूको सूची:

उत्कृष्ट चलचित्र: बुलाकी

उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)

उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)

उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)

उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)

उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)

उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:

अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)

व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:

त्यैयव शाह – कलाकार

कृष्ण प्रसाद रायमाझी – प्रदर्शक

नारायण प्रधान – द्वन्द्व निर्देशक

विद्या कार्की – कलाकार

नरेन्द्र महर्जन – प्रदर्शक

नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता

भोज बहादुर गुरुङ – निर्देशक /निर्माता

अमुल कार्की ढली – संगीत संयोजक

ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक

बुद्धि तामांग – कलाकार

सबिता गुरुङ – कलाकार

विशेष चलचित्र पुरस्कार:

सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:

चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?