काठमाडौँ– नेटफिल्क्सको बहुप्रतीक्षित श्रृङ्खला ‘स्क्विड गेम’ दोस्रो सिजनको ट्रेलर सार्वजनिक गरिएको छ । यो सिरिज नेटफिल्क्सका चर्चित सिरिजमध्ये एक हो ।
पुस ११ गतेदेखि स्ट्रिमिङ हुने यो सिजनको कथा कोरियन खेलमा आधारित छ । ट्रेलरमा आफ्नो जीवनमा लागेको ऋण तिर्न मृत्युसमेत हुने सक्ने जोखिमपूर्ण खेल खेल्न राजी हुने मानिसको कथा देखाइएको छ ।
दोस्रो सिजनको ट्रेलरलाई युट्युबमार्फत कोरियन भाषासहित हिन्दी, तमिल, तेलुगु लगायतका कैयन् भाषामा सार्वजनिक गरिएको छ ।
नेपालमा पनि ‘स्क्विड गेम’ का दर्शक उत्तिकै छ । नेटफिल्क्सको ग्राहक सुविधा लिएर मात्र हेर्न सकिने यो सिजनको विश्वभर नै चर्चा हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया