काठमाडौँ– चक्रपथस्थित निर्माणधिन ‘नारायण गोपाल संगीत कोष’को भवन पहुँचयुक्त बनाउन काठमाडाैँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको निर्देशन दिएकी छिन् ।
महानगरपालिकाले निर्माण गरिरहेको उक्त भवनको अनुगमन गर्दै डङ्गोलले संगीत कोष भवन बालबालिका, अपाङ्गता र लैङ्गिकमैत्री बनाइ सुविधायुक्त बनाउन उक्त निर्देशन दिएकी हुन् ।
२०८० चैत ७ मा दिइएको कार्यदेश भवन निर्माण गरिएको छ । कोषका अनुसार आउँदो माघ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना छ । करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको भवनको जम्मा क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ ।
४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ स्थल हुनेछ । भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि र दोस्रो तलामा साउण्ड प्रुफ स्टुडियो बनाउने योजना छ । भवनको बाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ ।
भवन निर्माण सम्पन्न हुने बित्तिकै यसलाई सङ्ग्रहालयको रुपमा नारायण गोपालका सामानहरु समेत राखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया