काठमाडौँ- भारतको हैदराबादबाट एउटा अचम्मको खबर बाहिर आएको छ । एक निर्दोष बालकको मृत्युले विद्यालय, प्रहरी चौकी र परिवारमा त्रास फैलाएको छ ।
ती बालक पढ्ने विद्यालयबाट फोन आएपछि परिवारको अवस्था एकाएक बिग्रियो । अस्पताल पुग्दा बालकको मृत्यु भयो । अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार अनुसार बालक विद्यालय गएका थिए । परिवारलाई विद्यालयबाट फोन आयो र बच्चाले एकै पटक तीन वटाभन्दा बढी पुरी खाएको तर अहिले सास फेर्न समस्या भएको बताएको थियो ।
विद्यालयका कर्मचारीले बालकलाई अस्पताल लगे, जहाँ उनको मृत्यु भयो । विद्यालयको तर्फबाट बालकलाई निजी अस्पताल लगिएको थियो । अस्पतालका कर्मचारीले बालकलाई राम्रो उपचारका लागि निजी सुपर स्पेशलिटी अस्पतालमा रिफर गरेका थिए, जहाँ चिकित्सकले परीक्षण गरेर मृत घोषणा गरेका थिए ।
यो घटना नोभेम्बर २५ को हो । ११ वर्षीय बालक कक्षा ६ मा पढ्दै थिए । खाना खाने क्रममा उनले एकैपटक तीन वटाभन्दा बढी पुरी खाएको बताइएको छ ।
विद्यार्थीले तीन वटा भन्दा बढी पुरी सँगै किन खाए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । विद्यार्थीका बुवाले प्रहरीमा उजुरी दिएका छन् र अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया