मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाई दियो देश छाडने आदेश

काठमाडौँ- जासुसी गरेको आरोपमा रुसले बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । दुई देशबीचको सम्बन्ध चिसिरहेका बेला पछिल्लो समय रुसले जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिइएको हो ।

रुसले देश छाड्न आदेश दिएका बेलायती कूटनीतिज्ञ एडवर्ड विल्क्स रहेको जनाइएको छ । उनी मस्कोस्थित बेलायती दुतावासमा दोस्रो सेक्रेटरीको रूपमा कार्यरत थिए । बेलायती प्रधानमन्त्री कियर स्टार्मरका प्रवक्ताले कूटनीतिक निष्कासनबारे आफू अनभिज्ञ रहेको जनाएका छन् ।

एफएसबी सुरक्षा सेवाले मंगलबार जनाएअनुसार विल्क्सले रुस प्रवेश गर्दा जानाजानी गलत जानकारी प्रदान गरेका थिए । रूसी संघीय सुरक्षा सेवाले मस्कोमा रहेको दूतावासको आवरणमा अघोषित ब्रिटिश गुप्तचर उपस्थिति पत्ता लगाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?