मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई‘‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ ।

नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयाम (मोलड)का बारेमा ज्ञान हासिल गर्नेछन् । ‘स्किल ल्याब’को सहयोगमा सञ्चालित सो तालिममा नगरका १५ वटै वडाका ५० युवा सहभागी छन् ।

तालिमपछि सोही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने जनाइएको छ । सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ ।

पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीप मूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रम उच्च प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?