मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरका लागि कालोको तुलनामा रातो अंगुर कतिको फाइदाजनक ?

काठमाडौँ– मीठो र रसिलो मन नपराउने कमै होलान् । त्यसमध्ये अंगुर पनि एक हो । जुन फल अधिकांशलाई मन पराउँछ । अंगुरका पनि धेरै प्रजाति हुन्छन् । त्यसमध्ये रातो अंगुर स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ ।

अंगुरले शरीरका लागि पोषण तत्व दिन्छ । जसले हृदयसम्बन्धी रोग  छुटकारा गर्नका लागि रातो अंगुर निकै फाइदाजनक हुन्छ । रातो अंगुरमा एन्टीअक्सीडेंट फ्री रेडिकल्ससमेत पाइने गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न रोगबाट बचाउँछ ।

पुरुषका लागि निकै फाइदाजनक

रातो अंगुर पुरुषको लागि निकै फाइदाजनक छ । यसमा र्बोन नुनको खनिज पाइन्छ । जसले पुरुषमा हर्मोनको उत्पादन गर्छ । यदि तपाई रातो अंगुरको नियमित सेवन गर्नुहुन्छ भने यसले यौन हर्मोनको स्तर बढाउँछ । यसले गर्दा पुरुषहरुमा यौनको पावर पनि बढाउँछ । साथै यसमा अन्य फाइदा पनि हुन्छ । त्यसैले तपाईँले आफ्नो खानामा रातो अंगुरलाई पनि समावेश गर्नु आवश्यक छ ।

मुटु र स्वास्थ्यका लागि फाइदाजनक

रातो अंगुर हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । जसले कोलस्ट्रोल कम गर्नको लागि सहयोग गर्छ । रातो अंगुरमा हुने एन्टीअक्साइडले हाम्रो धमनीलाई पनि सफा गर्छ । जसले रक्त सञ्चारको कार्यलाई राम्रो बनाउँछ । रातो अंगुरको सेवनले मुटुभित्रको समस्यालाई कम गर्छ । यस्ता रोगहरुबाट रातो अंगुरको सेवनबाट बचाउँछ ।

आँखाका लागि फाइदाजनक

रातो अंगुर हाम्रो आँखाको लागि निकै फाइदाजनक हुन्छ । यसमा ज्याक्संथी नामक केराटिन तेल पनि पाइन्छ । यसले हाम्रो आँखाको रोशनीमा फाइदा गर्छ । यसका साथै आँखाको दृष्टि क्षमतामा पनि वृद्धि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?