मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न त कुनै फिल्म हो न सिरियल, अझै पनि राखी सावन्त करोडौंको मालिक, कहाँबाट कमाउँछिन् ?

काठमाडौँ – राखी सावन्तलाई बलिउडकी ड्रामा क्वीन पनि भनिन्छ । जो कहिले आफ्नो बिहेको कारणले त कहिले आफ्नो बोल्ड लुकका कारण चर्चामा रहन्छिन् ।

राखी सावन्तले ११ वर्षको उमेरमा फिल्ममा काम गर्न थालेकी थिइन् । त्यसबेला राखीले ५० रुपैयाँ मात्र तलब पाउथे । तर अभिनेत्रीले कहिल्यै हार मानिनन् र धेरै वर्षसम्म कडा संघर्ष गरिन्। त्यसपछि उनले फराह खानको फिल्म ‘मै हुँ ना’ मा अभिनय गर्ने मौका पाइन् । यो भूमिकामा पनि उनलाई निकै रुचाइएको थियो ।

यो फिल्मले राखीलाई अभिनयमा सफल बनाउन सकेन् । यसपछि राखीले आफ्नो करियर डान्समा बनाउने निर्णय गरिन् ।

राखीले धेरै सुपरहिट बलिउड फिल्ममा आइटम गीत गरिन् । जुन ब्लकबस्टर हिट पनि भयो । एक समय थियो जब राखीलाई बी टाउनको टप आइटम गर्ल भनिन्थ्यो । उनको चालमा सबै पागल थिए ।

तर अहिले राखीले लामो समयदेखि कुनै पनि आइटम गीत गरेकी छैनन् । न त उनी कुनै फिल्म वा सिरियलमा देखा परेकी छिन् तर, यसपछि पनि राखीको विलासी जीवनमा कुनै कमी आएको छैन ।

रिपोर्टका अनुसार फिल्मबाहेक राखी सावन्तले विज्ञापन सुटिङ, ब्राण्ड प्रमोशन र सामाजिक सञ्जालबाट पनि धेरै पैसा कमाउँछिन् ।

रिपोर्टका अनुसार राखी सावन्तले आज आफ्नै बलमा ३७ करोडभन्दा बढीको सम्पत्ति कमाएकी छिन् । मुम्बई र दुबईमा विलासी घरहरू बाहेक, राखी सावन्त धेरै लक्जरी कारहरूको मालिक पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?