काठमाडौँ– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधबारबाट शुरु गरिएको ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य रघुजी पन्त, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले संयुक्त रूपमा प्रदर्शनी तथा कार्यशाला’ उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ कलाकारका १५० भन्दा बढी कलाकृति समाविष्ट गरिएको थियो ।
फोटोफिचर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया