मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारत रंग महोत्सवमा छानियो सुरक्षा पन्तको पहिलो नाटक ‘क्लेश’

 
अभिनेत्री सुरक्षा पन्तले खेलेको पहिलो नाटक भारतको प्रतिष्ठित रंग महोत्सवमा छानिएको छ । सुरक्षाले अंग्रेजी नयाँ वर्षको पहिलो दिन खबर सार्वजनिक गर्दै आशीर्वादका लागि आग्रह गरेकी छिन् ।

भारत रंग महोत्सवको २३ औँ संस्करणमा प्रदर्शनका लागि छानिएका ६० हाराहारी नाटकमध्ये नेपालबाट विजया कार्कीको निर्देशनमा तयार भएको नाटक ‘क्लेश’ छानिएको हो । भारत रंग महोत्सव, भारतको नेसनल स्कुल अफ ड्रामाको वार्षिक नाट्य महोत्सवको कार्यक्रम हो । कोभिड अघि संसारभरका नाटक महोत्सवमा मञ्चन हुने गरेका थिए ।

अभिनेत्री सुरक्षा पन्तले कोभिड महामारीका समयमा नै नाटक छानिएको तर भारत रंग महोत्सव नै रद्द भएकाले , अहिले फेरि निम्ता आएको बताएकी छिन् । ‘कोभिडको समयमा छानिएर पनि हामी दिल्ली जान पाएका थिएनौँ । अहिले फेरि निम्ता आएको हो । हामी सम्पूर्ण टिम दिल्लीका लागि उत्साहित छौँ,’ सुरक्षाले भनिन् ।

उनले व्यक्तिगत रुपमा पनि आफू भारत रंग महोत्सवका लागि उत्साहित रहेको बताएकी छिन् । ‘ कलाकारितामा लागेदेखि नै भारत रंग महोत्सवका बारेमा सुनेकी थिएँ ।  आफूले खेलेको पहिलो नाटक नै यसको हिस्सा बन्न लागेकोमा एकदमै खुसी लागेको छु । एकदमै उत्साहित छु,’ उनले भनिन् । 

प्रतीक्षा कट्टेलले लेखेको नाटकले रामायण कालीन कथालाई समसामयिक चरित्रमा ढालेर प्रस्तुत गरेको छ । हिन्दु धर्मशास्त्रमा अज्ञानता, अहंकार, मोह, विच्छेद र डर गरी ‘क्लेश’का ५ तत्व छन् । नाटकले यिनै तत्वलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । नाटक २०७६ सालको जेठमा पहिलो पल्ट मञ्चन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?