काठमाडौँ- पहिलो पटक सन् १९६८ मा जापानको ओसाकास्थित एक होटलको लागि ‘लभ होटल’ शब्दको प्रयोग गरिएको थियो । आज आएर लभ होटलको कन्सेप्ट जापानमात्रै नभएर विश्वभर नै लोकप्रिय छ ।
एकान्तमा पार्टनरसँग क्वालिटी टाइम बिताउनका लागि सहज होस् भनेर यस्तो होटलको कन्सेप्ट अघि सारिएको हो । यी होटल परम्परागत होटलभन्दा धेरै फरक हुन्छन् ।
यी होटलले दिन वा रातको नभई घण्टाका आधारमा पैसा लिन्छन् । थोरै समयमा प्रेमिल पल बिताउने जोडीका लागि यो सुविधा निकै उपयोगी मानिन्छ ।
जापानका धेरै लभ होटल स्पेसक्राफ्ट, गुफा वा समुद्रको मुनिको वातावरणजस्ता रोमान्टिक थिममा आधारित हुन्छन् । यी होटलका इन्टेरियर डिजाइन पनि फरक शैलीको हुन्छ ।
पाहुनाको गोपनियतालाई ध्यानमा राख्दै यी होटेलहरूमा प्रायः झ्याल राखिएको हुँदैन । पाहुनाहरू सजिलैसँग पुग्न सकुन् र शहरको भीडभाडले समस्या नहोस् भन्ने उद्देश्यले अधिकांश यस्ता लभ होटल शहरबाहिरको क्षेत्र वा राजमार्गको आसपास बनाइएका हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया