मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शौचालयमा ५ मिनेटभन्दा बढी समय बस्दा निम्तन सक्छ यस्ता जटिल समस्या

पछिल्लो पुस्ताहरू बढ्दो आधुनिकीकरणसँगै मोबाइल बिना त एक पाइलो नसार्ने बनिसकेका छन् । मोबाइलको लत यतिसम्म छ की खाने समय होस्,काम गर्ने समय होस्,सुत्ने समय होस्,बजार डुल्ने समय होस् वा अन्य विविध ।

चाहे जे काम होस् हामी मोबाइल छाड्दैनौ । हामी अधिकांश मानिसहरूले त शौचालय बस्दा समेत मोबाइल लिएर जाने गर्छौ । जुन एकदमै गलत बानी हो । शौचालयमा मोबाइल लिएर जानु हामीलाई सामान्य लाग्न सक्छ ।

तर यस्तो जीवनशैलीले हामीमा विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यसकारण आज हामी तपाईँलाई यसै विषयमा जानकारी गराउँछौ ।

एक स्वस्थ मानिसले बढीमा ५ मिनेटभन्दा बढी समय शौचालयमा बिताउनु नहुने  अल्का अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा.रक्षा गौतम बताउँछिन् ।

किनकि एक त शौचालय भनेको फोहोर बिर्सजन गर्ने स्थान हो । यसकारण शौचालयमा विभिन्न ब्याकेटेरीयाहरु सक्रिय भइरहेका हुन्छन् । सामान्यतया शौचालय हप्तामा एक पटक सफा गर्ने गरिन्छ ।

तपाईँले नोटिस गर्नुभएको छ की छैन शौचालयका टायलहरूमा प्यानमा पहेँलो दाग बसेको हुन्छ । त्यस्तो पहेँलो दागहरूमा ब्याक्टेरियाले प्रजनन कार्य गरिरहेको हुन्छ । यस्तोमा तपाईँले शौचालयमा लिएर गएको मोबाइलमा ब्याक्टेरीयाहरु टाँसिन्छन् र तपाईँको स्वास्थ्यमा समस्या आउन सक्छ । 

लामो समय शौचालयमा बस्दा के–कस्ता स्वास्थ्य समस्याहरू निम्तन्छन् ?
पहिलो कुरा त शौचालय भनेको धेरै समय बस्ने स्थान होइन । शौचालयमा मोबाइल लिएर जानु गलत हो ।

मोबाइल लिएर शौचालय बस्दा हाम्रो आँखाले देख्न नसक्ने सूक्ष्म ब्याक्टेरिया मोबाइलमै टासीएर तपाई बाहिर निस्कँदा मोबाइलसँगै आउँछ र तपाईँलाई मात्रै नभएर तपाईँको घर परिवारका अन्य व्यक्तिहरूमा समेत यो फैलन सक्छ ।

यस्तै स्वास्थ्य समस्याकै कुरा गर्नुपर्दा मोबाइल लिएर शौचालय बसेपछि धेरै जनाले बल लगाएर दिसा गर्नुहुन्छ । यसो हुँदा पायल्स, ऐनल फिसर,जस्ता अन्य मलद्वारमा हुने समस्याहरू हुने गर्छ ।

तपाई दिसा गरेर सरसफाइ गरी बाहिर निस्कने समयसम्म तपाई शौचालयमा मोबाइल स्क्रोल गरेर बसिरहनुहुन्छ जसकारण शौचालयका ब्याक्टेरियाहरू तपाईँमा सर्न सक्छन् । 

अहिले त यो ट्रेन्ड जस्तै भएको छ । यस्तो लाग्छ कि मोबाइल बिना शौच क्रिया नै हुँदैन । खासमा यसरी शौच क्रिया गर्दा हतार गरिँदैन । तर, मोबाइलमा लिप्त भएर आवश्यकताभन्दा बढी समय पनि बिताइन्छ ।

यसको फाइदा भन्दा बढी बेफाइदा छ । एक त मोबाइलको स्क्रिनमा हाम्रो समय लम्बिन्छ, जो आफैमा घातक हो । अर्को कुरा मोबाइल दूषित हुनसक्छ । त्यही मोबाइल हामी हातमा खेलाइरहन्छौ, त्यही हातले खानेकुरा खान्छौ जसबाट विभिन्न रोगहरू लाग्न सक्छ ।

शौचालयमा मोबाइलको प्रयोग गर्दा ब्याक्टेरिया कसरी तपाईँमा सर्छ ?
शौचालय दूषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाइले मोबाइल हातमा जुनसुकै बेला खेलाउने सामग्री हो । जब तपाइ शौचालयमा फल्स गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरू ६ फिट माथिसम्म उड्दछन् ।

जुन हावामा फैलँदा तपाइलाई रोग लाग्ने सम्भावना निकै प्रबल रहन्छ । त्यसमा पनि कीटाणुहरू मोबाइलमा टाँसिएर बस्छन् । शौच पछि तपाइले तपाईँको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन ।

जुन तपाइले पछि हातले समाउनु हुन्छ र तपाइको मुखसम्म प्रवेश गर्छ । अझ शौचालयमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै कीटाणुहरू रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राखिन्छ वा कुनै पनि स्थानमा राख्छन् ।

तपाइले मोबाइल राखेको ठाउँमा रोगका कीटाणुहरू टाँसिएर रहेका हुन्छन् । विज्ञहरूका अनुसार शौचालयमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरू फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती कीटाणुहरूबाट मानिसमा धेरै खालका सङ्क्रमण हुने जोखिम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?