मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के खाली पेटमा हिँड्दा तौल घट्छ ? 

पातलो चट्ट मिलेको शरीर सबैलाई मनपर्छ । पछिल्लो समय मानिसहरू आफ्नो शरीर पातलो बनाउन लागिपरेको देखिन्छ । बजारिया मसालेदार खानेकुराहरूको अधिक सेवनले मोटोपन निम्त्याईरहेको छ ।

यसकारण मान्छे जिम गरेर हुन्छ कि खाना नखाएर हुन्छ कि,बिहान–बिहान मर्निङ वाक हिँडेर हुन्छ शरीर फिट बनाउन लागिपरेका हुन्छन् । मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् ।

आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय अपनाइरहेका पनि छन् ।

यसैमध्ये बिहान खाली पेटमा छिटो छिटो हिँड्दा मोटोपना कम हुन्छ भन्ने धेरैलाई लाग्छ । के हो त वास्तविकता आज हामी जानकारी गराउँछौ । 

तौल घटाउने उपायका रूपमा खाली पेट हिँड्ने व्यायाम चर्चामा आएको हो । यसलाई फास्टेड कार्डियो पनि भनिन्छ ।

यो अभ्यास तब गरिन्छ जब व्यक्तिले लामो समयसम्म केही पनि खाएको हुन्न, जस्तै बिहान उठेपछि । वैज्ञानिक दृष्टिकोणले यसो गर्दा धेरै फाइदा हुनसक्छ तर यसलाई अपनाउनुअघि केही कुरालाई ध्यानमा राख्नुपर्छ ।

–जब तपाईँ खाली पेटमा हिँड्नुहुन्छ, शरीरले ग्लुकोज वा ऊर्जाको लागि तत्काल अन्य स्रोतहरू पाउँदैन । यस्तो अवस्थामा शरीरले पहिले नै जम्मा भएको बोसोलाई टुक्र्याएर ऊर्जा लिन्छ । यो प्रक्रिया तौल घटाउन मद्दत गर्न सक्छ ।

–खाली पेटमा हिँड्दा पनि मेटाबोलिज्ममा तीव्रता आउन सक्छ, जसले क्यालोरी जलाउने प्रक्रियालाई गति दिन्छ । यसले वजन घटाउने प्रक्रियालाई अझ राम्रो बनाउन सक्छ ।

–खाली पेटमा हिँड्दा तौल घटाउन मद्दत मिल्ने भएतापनि यो सबैका लागि फाइदाजनक नहुन सक्छ । रगतमा चिनीको मात्रामा समस्या भएका व्यक्तिहरूले चिकित्सकको सल्लाहविना यसो गर्नु हुन्न । 

–तपाईंको लक्ष्य पेटको बोसो घटाउने छ भने दैनिक ३० देखि ४५ मिनेट छिटो–छिटो हिँड्दा फाइदा हुन्छ । यसले शरीरमा क्यालोरी बर्न गर्ने प्रक्रियालाई गति दिन्छ र पेटको बोसो घटाउन मद्दत गर्छ ।

–तीव्र गतिमा हिँड्दा सामान्य हिँड्दाभन्दा धेरै क्यालोरी जल्छ । तपाईँ ५–७ किलोमिटर प्रति घण्टाको गतिमा हिँड्ने प्रयास गर्न सक्नुहुन्छ । हिँड्दा केही मिनेटको लागि छिटो हिँड्ने अनि त्यसपछि केही मिनेट सामान्य गतिमा हिँड्ने गर्नुहोस् । यसले वजन घटाउने प्रक्रियालाई बढवा दिन्छ ।

 –बिहानीको समयमा हिड्नेः पेटको बोसो घटाउन बिहानको समय विशेषगरी लाभदायक हुन्छ किनभने त्यस समयमा शरीर बढी सक्रिय हुन्छ र मेटाबोलिजम तीव्र हुन्छ । खाली पेटमा हिँड्नु तौल घटाउने प्रभावकारी उपाय हुन सक्छ, तर यसलाई संयमित रूपमा अपनाउन जरुरी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?