काठमाडौँ – दुई नेपाली फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट प्रदर्शनमा आएका छन् । यी मध्ये‘तेल भिसा’ पारिवारिक कथावस्तुमा र ‘अग्निदहन’ सामाजिक कथावस्तुमा बनेका फिल्म हो ।
विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ‘तेल भिसा’ लाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।
केही साता अगाडि रिलिज ‘पूर्णबहादुरको सारङ्गी’ र अघिल्लो साताको ‘ह्रस्व दीर्घ’ प्रदर्शनरत रहँदा रहँदै पनि यो फिल्मले देशभर करिब डेढ सय सो पाएको छ ।
शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा २५ सो अनि मोफसलमा २५ सो दिएको छ ।
त्यस्तै चेन आइएनआई सिनेमाजले ९ सो, वान सिनेमाजले ७ सो, एफक्युबले ६ सो, बिग मूभिजले ४ सो, बिएसआर मूभिजले ३ सो, रञ्जना सिनेप्लेक्सले ५ सो, सिके सिनेमाजले ३ सो, सिने डी सेफले ४ सो कृतिपुर र सिनेप्लेक्सले १ सो उपलब्ध गराएका छ ।
सिङ्गल थिएटरमा समेत फिल्मले राम्रो सो पाएको फिल्मको प्रदर्शनपछि वर्डअफ माउथ राम्रो भएमा सो बढ्दै जाने छ ।
शंकर घिमिरेकै लेखन रहेको ‘तेल भिसा’मा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका छ । विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।
अमेरिकामा रहेका नेपालीले पाउने दुःख कथामा बनेकाे यो फिल्म वेलडन क्रियसनको ब्यानरमा बनेको हो । ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्म अनिल पाण्डे र शिवराज कार्कीले मिलेर निर्माण गरेका हुन् ।
प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत र अजय खड्काको सम्पादन छ ।
यता अर्को फिल्म ‘अग्निदहन’ले भने काठमाडौँ उपत्यकामा क्यूएफएक्सका आउटलेटमा जम्मा तीन शो पाएको छ ।
साहित्यकार लोकमणि पौडेलको सोही नामको उपन्यासमा आधारित रहेर बनेको यो फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘अग्निदहन’मा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया