मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जोय नेपाल डटकमको औपचारिक शुभारम्भ (फोटो फिचर)

काठमाडौं- जीवनशैली एवम् मनोरञ्जनमूलक डिजिटल अनलाइन प्लेटफर्म जोय नेपाल डटकमको औपचारिक शुभारम्भ भएको छ । राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बिहीबार जोय नेपाल डटकमको औपचारिक शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जाेय नेपाल नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ सञ्चार माध्यमको रूपमा उदाएको भन्दै यसले मनोरञ्जनात्मक पत्रकारितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरे ।

नेपालको स्वास्थ्य शिक्षामा परिवर्तनको आवश्यकता रहेको भन्दै मन्त्री बस्नेतले नीतिगत रूपमा काम गर्न आफूले पहल गरिरहेको बताए । सबै ठाउँमा निराशा र चिन्ताका कुराहरु मात्र आएका छन्’ मन्त्री बस्नेतले भने, ‘अब हामीले आशा जगाउने कुरा पनि गर्नुपर्छ । यसले शिक्षा र स्वास्थ्यमा प्रभाव पार्न सक्छ ।’

जाेय नेपाल सफलताको शुभकामना दिँदै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मिडियाको संस्थागत विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

पेभेलियन मिडिया प्रा.लि. अन्तर्गतको क्रेडिबल मल्टिमिडियाले मनोरञ्जनात्मक अनलाइन जाेय नेपाल डटकम आम पाठकसामु ल्याएको हो । पेभेलियन मिडियाले नेपालको अग्रणी अनलाइन समाचार प्लेटफर्म खबरहब डटकमका साथै रेडियो क्यान्डिड पनि सञ्चालन गर्दै आएको छ ।

शुभारम्भ समारोहमा पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठले खबरहब र रेडियो क्यान्डिडपछि जाेय नेपाल सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए । उनले आफूहरू अब आर्थिक अनलाइन सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा जोय नेपालका सम्पादक अनिल थापा (अर्घेलो) ले अनलाइन प्लेटफर्ममा मूलधारका मिडियाले नसमेटिएका आम मानिसका जीवनशैली, स्वास्थ्य, मनोरञ्जन एवंम् समाजका विविध गतिविधिहरु समावेश गरिने उल्लेख गरे । उनका अनुसार अनलाइनमा मानिसका दैनिक जीवनलाई उत्साहमय बनाउने विषयवस्तुहरुलाई विशेष प्राथमिकता दिइनेछ ।

शुभारम्भ समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, सराना श्रेष्ठ, क्रेडिबल मल्टिमिडियाका अध्यक्ष प्रमोदराज सेढाईं लगायतको उपस्थिति रहेको थियो ।

तस्वीरहरू: योगप्रसाद विमली/कुबेर डंगोल/चिरायु शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?