हाम्रो भान्छामा नछुट्ने र औषधीको गुण भएको अदुवाका फाइदा धेरै छन् ।
रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवस्थामा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।
तर विभिन्न यस्ता केही रोग वा समस्या भएकाहरूले अदुवा खानु नहुने चिकित्सकहरू बताउँछन् ।
– अदुवा खादा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरूले पनि अदुवा खानु हुँदैन ।
– पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुँदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।
– महिलाहरूलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।
– उच्च रक्तचापका बिरामीले पनि अदुवा खानुहुँदैन ।
– गर्भवतीले पनि अदुवा नखाँदा नै ठिक हुन्छ । गर्भवती भएको पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।
– तौल बढाउन चाहनेले पनि अदुवा खानु हुँदैन ।
– औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानुहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया