मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ सास गन्हाउने समस्या ? कसरी पाउने छुटकारा ?

मानिसका शरीरमा हरेक प्रकारको रोग लाग्छ । विभिन्न बिमार समस्याले हाम्रो स्वास्थ्यमा खलल पुर्‍याइरहेको हुन्छ । यही मध्यको एक समस्या हो सास गन्हाउने समस्या ।

सास गन्हाउने समस्या त्यति धेरै ठुलो स्वास्थ्य समस्या त हैन तर यो सानै भए पनि लज्जाको समस्या हो । कतिपय व्यक्तिको छेउमा तपाई बस्नुभयो भने ह्वास्सै सास गन्हाउन सक्छ भने तपाई आफै पनि सास गन्हाउने समस्याले आजित भएको हुन सक्नुहुन्छ । अब यस्तोमा के गर्ने त ? 

सास गन्हाउनु पनि एक स्वास्थ्य समस्या हो । सास गन्हाउने मुख्य दुई कारण भएको दन्त चिकित्सकहरू बताउँछन् । सास गन्हाउने पहिलो कारण भनेको मुख भित्र भएको कीटाणु र हामीले खाने खानाहरूको कारण पनि हो र दोस्रो भनेको पेटसम्बन्धी समस्या र अन्य रोगहरू हो ।

यस कारण तपाईँको पनि सास गन्हाउँछ भने पेटसम्बन्धी केही रोग छ कि भनेर पहिला परीक्षण गराउनुहोस् । 

सास गन्हाउने समस्या के कारणले हुन्छ ?

–मुख भित्र हुने दाँत, गिजा तथा जिब्रोको उचित सरसफाइ भएन भने सास गन्हाउन थाल्छ ।

–पेटमा राम्ररी पाचन भएन भने पनि त्यसको असर मुखबाट आउने सासमा देखिन्छ अर्थात् सास गन्हाउन थाल्छ । धुमपान तथा तमाखु, गुट्खा लगायतका सुर्तीजन्य पदार्थको सेवनले पनि मुख तथा सास गन्हाउने समस्या हुन्छ ।

–मदिरा पान गर्ने, मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, टिबी, निमोनिया, पिनास जस्ता समस्याले ग्रस्त व्यक्तिको पनि सास गन्हाउन समस्या हुन्छ । 

–बोसो तथा प्रोटिनयुक्त खानाहरुको अत्यधिक सेवनले पनि यो समस्या बढाउँछ । 

–नियमित रूपमा दाँत नमाझ्ने, दाँतको फ्ल्स नगर्ने, जिब्रो सफा नगर्ने, मुख कुल्ला नगर्नुले पनि यस्तो समस्या निम्त्याउँछ । 

सास गन्हाउने समस्याबाट छुटकारा पाउने उपायहरू :

–मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्नुपर्छ ।

– जिब्रोको माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नुन हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ ।

– सफा गरी धोएको काँचो पालुङ्गो र बन्दा चपाएर बिहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरू बताउँछन् । 

–आधा चम्चा सुठोको धुलो बिहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउँछ । खाना पछि तुलसी पत्ता, पुदिना र काँचो सलगम चपाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ ।

–कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ । यी बाहेक सबैभन्दा बढी प्रयोग पानीकै हुन्छ । प्रशस्त पानी पिउने व्यक्तिको पाचन प्रक्रियालाई नियमित गराउँछ । मुख सुख्खा भयो भने पनि मुख गनाउँछ । त्यसैले थोरै थोरै भए पनि पानी पिइ राख्नु राम्रो हुन्छ । 

–‘टङ क्लिनर’ले बिहान जिब्रो सफा गर्ने र बिहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने, रगत र पिप आउनबाट रोक्नका लागि कागती मह मिलाएर गिजा सफा गर्ने, कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर बिहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ ।

–ल्वाङ, सुकुमेल, अलैँची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?