मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्योतिष शास्त्रअनुसार यी बार गर्न हुँदैन पैसाको लेनदेन

जीवनमा आइपर्ने बाध्यता र समस्या टार्न मानिसले अरूसँग आर्थिक सहयोग लिनेदिने गर्दछन् ।

यसरी कारोबार गर्दा मानिसले उधारो वा ऋण कहिलेकाहीँ बचन दिएको समयमा तिर्न सकिँदैन । परिचित, अपरिचित वा बैंक लगायत संस्थासँगको आर्थिक कारोबार समयमा मिलाउन नसके मान-सम्मानमा ठेस पुग्न सक्छ ।

यति मात्रैहोइन, कतिपय अवस्थामा आफूले दिएको ऋण पनि समयमा फिर्ता आउँदैन । कसैलाई गरेको आर्थिक सहयोग फिर्ता नहुँदा दिने मानिससमेत अप्ठेरोमा पर्ने गर्दछन् । ज्योतिष शास्त्रमा केही यस्ता ग्रह नक्षत्र हुन्छन्, जसमा पैसा दिनु र लिनु दुवै हानिकारक हुन्छ ।

कुनै बेला त समयमा फिर्ता नआउने मात्र होइन, कहिलेकाहीँ दिएको रकम डुब्न समेत सक्छ । यस्तो अवस्थाबाट बच्न ज्योतिषले केही उपाय सुझाएका छन् । पैसाको उधारो वा लेनदेन गर्नुअघि केही कुराको पालना गरे सयमा रकम फिर्ता पाउने र ऋण समेत तिर्न सकिने धार्मिक मान्यता छ ।

पैसाको कारोबार गर्दा सकेसम्म बुधबार कारोबार नगरेको राम्रो । यस दिन भुलेर पनि कसैलाई पैसा दिन नहुने धार्मिक विश्वास छ । अन्यथा बुधबार दिइएको आर्थिक सहयोग, ऋण वा उधारो मुस्किलले मात्र फिर्ता हुनसक्छ । कतिपय अवस्थामा त फिर्ता नहुन सक्छ ।

यस्तै आफूले अरुबाट पैसा फिर्ता लिँदा वा सापटी लिँदा मंगलबार उचित हुँदैन । यस दिन लिइएको उधारो वा ऋण फर्काउन मुस्किल पर्न सक्छ । मंगलबार लिइएको ऋण वर्ष वा अर्को पिंढीसम्म तिर्न गाह्रो हुनसक्ने ज्योतिषीय मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?