मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रहमानन्दमको जन्मदिनमा सार्वजनिक भयो ‘ह्रस्व दीर्घ’को फस्टलुक

काठमाडौँ – अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को फस्ट लुक सार्वजनिक गरिएको छ । फस्ट लुकमा ब्रहमान्दमलाई सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएको तथा   अचम्मित र हाँसेको देख्न सकिन्छ ।

यही फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गरेका उनको जन्मदिनको अवसर पारेर उनको सोलो फस्ट लुक सार्वजनिक गरिएको हो ।

हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ भने बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ ।

नेपाल र भारतमा छायाङ्कन गरिएको यो फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय छ ।

यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?