काठमाडौँ – मंगल चौथीका दिन मंगलरबार देशभरका गणेश मन्दिरमा भक्तजनको घुईचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, अशोकविनायक, चन्द्रविनायक लगाएतका गणेश मन्दिरमा मंगल चौथीका दिन भक्तजनको घुईचो लागेको हो ।
यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्त्वपूर्ण तिथिका रूपमा लिइने गरिन्छ ।
त्यस्तै मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको परम्परा छ ।
यस दिन व्रत बसे सम्पूर्ण अनिष्टबाट बच्न सकिने, सन्तान प्राप्ति, विद्या, बुद्धि, काम शिद्ध हुने गणेश पूराणमा उल्लेख छ । उनलाई बिघ्नहर्ताको रुपमा पनि लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया