मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा हुनसक्छ बुढापाकालाई यस्ता स्वास्थ्य समस्या

दम  

दमबाट पीडित वृद्धवृद्धाहरूको समस्या जाडोको मौसममा बढ्न सक्छ । दम एक किसिमको एलर्जिक रोग हो । चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जीले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले दमका रोगीहरूलाई चिसो हावाबाट बचाउनुपर्छ ।

फ्लु

वृद्धवृद्धाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा उनीहरूमा फ्लुको सम्भावना बढी हुन्छ । यो उनीहरूका लागि घातक पनि हुनसक्छ । जब शरीर दुख्ने, चिसो लाग्ने, ज्वरो आउने, कमजोरी वा टाउको दुख्ने, घाँटी दुख्ने, नाक बग्ने, बूढाबूढीमा खोकी लाग्ने जस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

निमोनिया

जाडो मौसममा निमोनियाको जोखिम बढी हुन्छ । निमोनिया जुनसुकै उमेरमा हुनसक्ने भए पनि बालबालिका र वृद्धवृद्धामा यससँग सम्बन्धित जटिलताको जोखिम उच्च हुन्छ । निमोनिया भाइरस, ब्याक्टेरिया वा फोक्सोलाई असर गर्ने फङ्गसको कारणले हुने सङ्क्रमण हो । यस्तो अवस्थामा सास फेर्न गाह्रो हुन्छ । त्यसैले वृद्धावृद्धालाई दमको जोखिमबाट बचाउन विशेष सावधानी अपनाउनुपर्छ ।

भिटामिन डीको कमी

जाडोमा भिटामिन डीको कमी हुनसक्छ । यो सबैका लागि आवश्यक भिटामिन हो । विशेषगरी वृद्धवृद्धाहरूलाई यसको धेरै आवश्यकता हुन्छ । यदि घरका वृद्धवृद्धा भिटामिन डीको कमीबाट पीडित छन् भने यसले उनीहरूको मांसपेशीहरूमा दुखाइ बढ्न सक्छ र हड्डीहरू कमजोर हुन सक्छन् ।

डिहाइड्रेसन

जाडोमा मानिसहरू सामान्यतया पानी कम पिउने गर्छन्, जसकारण डिहाइड्रेसन हुनसक्छ । चिसो मौसममा तिर्खा प्रतिक्रिया पनि कम हुन्छ, यद्यपि शरीरलाई पहिले जस्तै पानी चाहिन्छ । यो अवस्थाले विभिन्न जटिलता निम्त्याउन सक्छ ।

हृदयघातको जोखिम

चिसो मौसममा वृद्धवृद्धाहरूलाई हृदयघातको बढी जोखिम हुन्छ । किनभने चिसो हावाले रक्तनलीहरू खुम्चिन्छ, जसले रक्तचाप बढाउँछ । चिसो दिनमा पनि वृद्धवृद्धाहरू बाहिर निस्किएर नियमित रूपमा बाहिरी गतिविधि गर्छन् भने यसले थप तनाव सिर्जना गर्छ, जुन मुटुका लागि बिलकुलै राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?