काठमाडौँ– नाटक ‘सट्टापट्टा’ लिएर यतिबेला शिल्पी टोली चितवनमा पुगेको छ ।
प्रकृति, मानव, माटो, पर्यावरण जस्ता विषयलाई उठान गर्दै पछिल्लो समय शिल्पी समूह मुक्त रङ्गमञ्चको अवधारणा सहति देश दौडानमा छ । यही दौडानकै क्रममा टोली चितवनमा पुगेको हो ।
नाटक ‘सट्टापट्टा’मार्फत टोलीले बीउ, माटो, पर्यावरण र मानव जीवनको जटिलताहरुलाई खोजी गर्ने जमर्को गरेको छ । काठमाडौँमा २६ गते यो नाटक मञ्चन गरे लगत्तै चितवन पुगेको टोलीले २७ गते इच्छामनोकामना पालिका अन्तर्गत माझगाउँस्थित माविको चौरमा नाटक प्रस्तुत गरेको थियो । यहि नाटक करिब डेढ वर्षअघि शिल्पीले थिएटर परिसरमा मञ्चन गरिएको थियो ।
नाटकले गाउँमा किसान उत्पादनको बजार र मुल्य नपाएर हैरान भएका किसानको कथालाई समेत समेटेको छ । बीउ, माटो र स्वास्थ्यको ठेक्का अब किसानले मात्रै लिन सक्दैनन् । नीति र प्रणाली नसुध्रेसम्म सुधार नहुने कुरा यसले इंगित गरेको छ ।
अन्न, फलफूल, समग्र खाद्यको आयात बढ्दो हुँदा रासायनिक, खाद र किटनाशक विषादिको आयातमा वृद्धि हुँदा क्यान्सरका बिरामी थपिरहेको छ । यसतर्फ समेत नाटकको विषयले छेडेको छ ।
यही नाटक मङ्गलबार चितवनस्थित नारायणी कला मन्दिरमा समेत प्रस्तुत गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया