काठमाडौँ– दक्षिण भारतीय अभिनेता प्रदीप रावत नेपाल आएका छन् । नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका रावत पत्नी कल्याणीका साथ नेपाल आएका हुन् ।
उनी फिल्म ‘ह्रस्व दीर्घ’ को प्रचारका लागि नेपाल आएको निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार उनले फिल्मको प्रचार गर्नेछन् । फिल्म टिमले उनलाई विमानस्थलमा स्वागत गरेको थियो । उनले हलमा फिल्म हेरेका दर्शकसँग साक्षात्मक गर्ने जनाइएको छ ।
चार दिन काठमाडौँमा रहने प्रदीप नेपाली दर्शकमाझ हिन्दी फिल्म ‘गजनी’ बाट परिचित भएका थिए । उक्त फिल्ममा उनले खलनायकको भूमिका निर्वाह गरेका छन् ।
फिल्म ‘ह्रस्व दीर्घ’ मा प्रदीपका अलावा ब्रह्मानन्दम लगायतका कलाकारको पनि अभिनय छ । नीता ढुङ्गाना, सरोज खनाल, विपना थापा, हरिहर अधिकारी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले शुक्रवार र शनिवार गरी दुई करोडको व्यापार गरेको निर्माण टिमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया