मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण

एजेन्सी – इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको छ ।

इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाइएको छ ।

आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न आह्वान गरेका थिए ।

पोष्टमा अरबी भाषामा ‘तपाईँ हिजबुल्लाहका सुविधाहरू नजिक हुनुहुन्छ, यसको विरुद्ध इजरायली सेनाले सिग्र आक्रमण गर्नेछ’, भन्दै कम्तिमा ५०० मिटर टाढा जान आग्रह गरिएको थियो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० ले ‘इजरायलले’ तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ ।

पछिल्लो समयमा दक्षिण बेरुतमा भएको बारम्बारको इजरायली हवाई आक्रमणले यस क्षेत्रबाट नागरिकहरूको ठूलो पलायन निम्त्याएको छ ।

दक्षिणी लेबनानमा, इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ । यसै गरी हिजबुल्लाहले रातारात, उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ ।

गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ, भने हिजबुल्लाहले स्थलगत सेना तैनाथ गरेको छ । लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायल बिच आक्रमण सुरु भए देखि तीन हजार ४४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्‍याउनुका साथै संरचनात्मक क्षति अरबौँ भन्दा बढी भएको विश्व बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?