काठमाडौँ– त्रिवेणी गाउँपालिकामा कान शिविरबाट ३ सय ४४ जना लाभान्वित भएका छन । गाउँपालिकाले गरेको दुई दिने शिविरबाट सो लाभान्वित भएको हो ।
कान कम सुन्ने तथा अन्य समस्या भएकाहरुको संख्या बढ्दै गएपछि समस्या भएकाले गाउँघरबाटै सेवा पाउन भनी काभ्रा र लुहाममा संचालन गरेको शिविरबाट ३ सय ४४ लाभान्वित भएका हुन् ।
ब्रिनोज कान सामुदायिक सेवा नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाले काभ्रा र लुहाममा बिहीबार र शुक्रबार दुई दिन शिविर संचालन गरेको थियो ।
जिल्लामा कान सम्बन्धी समस्या भएकाहरुको उपचार नहुने भएकाले सबैजसो जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । गाउँपालिकाले शिविरको आयोजना गरेपछि न्यून आय भएका परिवारका लागि लाभ मिलेको छ ।
काभ्रामा १ सय ५५ र लुहाममा १ सय ८९ जनाले सेवा लिएका थिए भने लुहाममा १ सय ७२ पुरुष र १ सय ७२ महिला लाभान्वित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया