मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना

मान्म– स्थानीय तह उपनिर्वाचनका लागि कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यालयको उद्‌घाटन गरिएको हो ।

शुक्रबार उपनिर्वाचनको व्यवस्थापन र कार्यसम्पादन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नै गर्नका लागि कार्यालयको स्थापना गरिएको छ । कालीकोटको तिलागुफा–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

रिक्त रहेको स्थानमा यही मंसिर १६ गते निर्वाचन हुन लागेको त्यसको कार्यतालिकाअनुसार कार्यालयको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पन्तले बताए ।

‘‘निर्वाचन कार्यतालिकाअन्तर्गत आइतबार उम्मेदवारी दर्ता हुनेछ’, उनले भने, ‘त्यसैको पूर्वतयारीका रुपमा कार्यालयको स्थापना गरिएको हो ।’

कूल ६०९ मतदाता रहेको वडा नं ४ मा एउटा मात्रै मतदान केन्द्र कालिका माध्यमिक विद्यालय राँचुलीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?