मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर

काठमाडौँ- भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा आजदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुर, डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, सूर्यविनायक नगरपालिकासमेतका संयुक्त आयोजनामा सुरु भएको शिविरमा आज बिहान वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गरे ।

उनले योगलाई घरघरमा जोड्नुपर्ने र योगबाट स्वस्थ्य जीवन खोज्ने वातावरण सबैतिर सिर्जना गर्नुपर्ने बताउँदै योगलाई गाउँ, टोल, संघसंस्था र विद्यालयसँग जोडेर लैजानुपर्ने बताए । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले योगलाई दैनिक जीवनको साध्यको रुपमा लैजानुपर्नेमा जोड दिँदै विद्यालयलाई योगसँग जोडेर लैजान प्रशासनको तर्फबाट नेतृत्व लिने बताए ।

कार्यक्रममा पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले पातञ्जललाई देशभर फैलाएर नेपाली जनलाई योगमय बनाउने अभियान सुरु गरेको बताए । समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले जिल्लाका चारवटै पालिकालाई योगमय बनाउने अभियान लिएर आफू टोलटोलमा पुगेको बताए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कमला ज्ञवाली, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले साताव्यापी योग शिविर सम्पन्न भएसँगै यस क्षेत्रमा योग केन्द्र स्थापना गरेर दैनिक योग सञ्चालन गर्ने बताए । आजको योग शिविरमा करिब ३०० जनाको सहभागिता रहेको थियो भने मन्त्री थापादेखि स्थानीयले एक घन्टा ३० मिनेटसँगै योग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?