मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ह्वाइट हाउसमा बस्ने सम्भावना कति ?

काठमाडौँ- डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर औपचारिक रुपमा अमेरिकाको राष्ट्रपति बनेसँगै ह्वाइट हाउस जानेछन् । तर उनकी श्रीमती मेलानिया ट्रम्प भने प्रथम महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने छिन् । उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबी गरिएको छ ।

तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन् । उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ । उनले आगामी ४ वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दूरी कायम राख्न सक्ने दाबी गरिएको छ ।

राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बाइडेनलाई भेट्न बुधबार ह्वाइट हाउस पुगेका थिए । यस अवधिमा पत्नी मेलानिया ट्रम्प ह्वाइटहाउसमा देखिइनन् । जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ट्रम्प र मेलानियालाई यो बैठकको लागि निमन्त्रणा पठाएका थिए ।

अमेरिकामा निवर्तमान राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउसमा निमन्त्रणा पठाउने चलन रहेको छ । यो भेटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको सुरुवातका रुपमा हेरिएको छ ।

मेलानिया बैठकमा उपस्थित नभएपछि ह्वाइट हाउसको वक्तव्य पनि बाहिर आएको छ । वक्तव्यमा प्रथम महिला जिल बिडेनले मेलानियाको लागि आफ्नै हातले पत्र लेखेर पठाएको उल्लेख छ । तर, मेलानियाले यसअघि नै बैठकमा सहभागी हुन अस्वीकार गरिसकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?