मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनयबाट ‘ब्रेक’ लिने तयारीमा प्रभास

काठमाडौँ-अभिनेता प्रभासको साउथ इन्डियन फिल्ममा आफ्नो छुट्टै दबदबा छ । 

‘बाहुबली, ‘सालार’ लगायतका धेरै फिल्महरूले निकै चर्चा पाएका छन् । अब भने केही समयका लागि प्रभासले अभिनयबाट ब्रेक लिने बताएका छन् । 

प्रभासको ‘सलार’ फिल्मले सफलता पाएपछि केही समयका लागि उनले अभिनयबाट ब्रेक लिने निर्णय गरेका हुन् । 

यस्तै प्रभासले अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि नै ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका बताएका छन् । 

उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन र आन्तरिक शक्ति बढाउन करिब एक महिना मात्र अभिनयबाट टाढा रहने छन् । 

प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ फिल्म रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?