मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सखरखण्ड खाँदा हुन्छन् यस्ता फाइदा

काठमाडौँ- हाम्रो गाउँघरमा खेतबारीमा रोपिने सखरखण्ड हिउँदको समयमा फल्छ । सखरखण्डलाई चोखो खानेकुरा मानेर धार्मिक कार्यमा पनि खाने गरिन्छ । स्वाद मीठो हुने सखरखण्ड पोषक तत्वको भण्डार पनि हो । सखरखण्ड स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक छ । आखिर के छन् त सखरखण्ड खानुका फाइदा ?

–सखरखण्ड स्वादमा अलि गुलियो हुन्छ तर, यसमा अधिक मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स कम भएकाले मधुमेहका बिरामीहरूले पनि खान सक्छन् । सखरखण्ड खानाले तुरुन्तै रगतमा चिनीको मात्रा बढ्दैन र शरीरलाई ऊर्जा प्राप्त गर्न मद्दत गर्दछ ।

–सखरखण्डमा भरपूर फाइबर, भिटामिन ए, सी र बी ६ पाइन्छ । साथै, पोटासियम र म्यागनिजजस्ता खनिज पनि पाइन्छ । सखरखण्डबाट विभिन्न प्रकारका परिकारहरू पनि बनाइन्छ ।

–सखरखण्डले तौल घटाउनमा पनि मद्दत गर्दछ । तपाईं यसलाई तौल घटाउने डाइटमा समावेश गर्न सक्नुहुन्छ । सखरखण्ड खानाले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । यसमा पाइने भिटामिन सी र ई ले तपाईंको छालालाई स्वस्थ राख्न र कोलेजनको उत्पादन बढाउन मद्दत गर्दछ ।

–चिसोको समयमा तपाईंले हरेक दिन एक सखरखण्ड खाँदा शरीरलाई आवश्यक भिटामिन र पोषक तत्वहरू प्राप्त हुनेछन् ।

–सखरखण्डमा एन्टीअक्सिडेन्ट राम्रो मात्रामा पाइन्छ, जसले छालालाई जवान राख्न मद्दत गर्दछ । यसले छालालाई फ्री–रेडिकल्सबाट हुने क्षति बाट जोगाउँछ ।

–सखरखण्डले धेरै पुराना रोगहरूलाई पनि सुधार गर्न मद्दत गर्दछ ।

–सखरखण्डमा भिटामिन ए राम्रो मात्रामा पाइन्छ, जुन आँखा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसमा बिटा–क्यारोटिन पाइन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ । यो पाचन सुधार गर्न र रक्तचाप नियन्त्रण गर्न पनि लाभदायक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?