मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनले भरिएको सौर्यमण्डलको अनौठो क्षुद्र ग्रह

काठमाडौँ– सुनप्रति मान्छेको आकर्षण उत्तिकै छ । त्यसैले पनि अहिले सुनलाई महङ्गो धातुका रुपमा लिने गरिन्छ । अहिले सुन धेरै हुने मान्छेलाई धनी व्यक्तिको रुपमा लिने गरिन्छ । केही व्यक्ति आफूलाई धनीको पहिचान दिन भए पनि सुन खरिद गर्ने परिपाटी छ ।

अझ सोच्नुहोस् त कुनै ठाउँमा सुनको भण्डार भेटियो भने के होला? तपाईंले पनि कुनै न कुनै बेला सोच्नु भएको होला कि यस्तो ठाउँ कहाँ होला ? जहाँ सुन मात्रै हुन्छ । इन्टरनेटमा धेरैले यो प्रश्न पनि सोधेका छन्, जसको जवाफ हामी तपाईंलाई दिइरहेका छौं ।

सौर्य मण्डलमा यस्तो सानो ग्रह छ जहाँ सुन मात्र छ । वैज्ञानिकहरूले यसलाई ‘गोल्ड प्लानेट’ पनि भनेका छन् । चाखलाग्दो कुरा हो भने यो कुनै ग्रह होइन तर यहाँको माटो वास्तवमा सुनको हो । यो ग्रह होइन तर क्षुद्रग्रहको श्रेणीमा राखिएको छ किनभने यो वास्तवमा उल्का पिण्डको टुक्रा हो । वैज्ञानिकहरूले वर्षौं पहिले पत्ता लगाएका थिए । जसका बारेमा अहिले पनि अनुसन्धान जारी छ ।

क्षुद्रग्रहमा सुनको भण्डार

यो क्षुद्रग्रह इटालियन खगोलविद् एनिबेल डे गास्पारिसले मार्च १७, १८५२ मा पत्ता लगाएका थिए । तर त्यो बेला सुनले भरिएको थाहा थिएन । अत्याधुनिक प्रविधिबाट ग्रहको अध्ययन गर्दा यो सुनको खानी भएको खुलासा भएको थियो ।

१६ साइके नामको यो सानो ग्रह मंगल र बृहस्पतिको बीचमा सूर्यको वरिपरि घुम्छ । यसको कोर निकल र फलामबाट बनेको छ । यसबाहेक यसमा ठूलो मात्रामा प्लाटिनम, सुन र अन्य धातुहरू छन् । यसलाई मृत ग्रहको मुटु मानिन्छ, जसलाई समान रूपमा बाँड्ने हो भने पृथ्वीको ८ करोड जनसङ्ख्यामा सबैजना अर्बपति हुनेछन् ।

ग्रहमा कति सुन छ ?

यसलाई आफ्नो अक्षमा एक पटक घुमाउन चार घण्टा भन्दा बढी लाग्छ । जुन एक चक्रको एक दिन बराबर हुन्छ । एस्टेरोइड १६ साइकीमा रहेको खनिजको मूल्य ट्रिलियनभन्दा बढी रहेको बताइएको छ । यसको सम्पूर्ण सुन पृथ्वीमा आयो भने हरेक मानिसलाई ९३ अर्ब डलर अर्थात् ७ खर्ब ६३ अर्ब रुपैयाँले धनी बनाउने विश्वास गरिन्छ ।

नासाले १३ अक्टोबर २०२३ मा एउटा मिसन पठाएको छ । जुन यसको अध्ययनको लागि हो । यो जुलाई २०२९ सम्म साइकीको कक्षमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?