मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाइडेन र ट्रम्पबीच भेटवार्ता, सत्ता हस्तान्तरण र प्रक्रियाको बारेमा छलफल

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराती ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् । अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रूपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।

यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए । जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेकी थिइन् ।

बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट गरेका थिए । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउँदा खुसी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रूपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गरेका थिए ।

नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गरेका छन् । अहिले उनले आफ्नो प्रशासनमा धमाधम नियुक्तिहरू गरिरहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?