मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धनराज गुरुङसँग सीआईबीले लियो बयान

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकारीको रकम अपलचन बारे बयान लिएको छ ।

सीआईबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धि बयानमा कागज गराएको हो ।

सीआईबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम , सहकारीबाट लिएको ऋण , र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ ।

गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ साल देखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन ।

ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए ।

धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको बताएका छन् । धनराजले आफु सहकारीका जोडिनु र श्रीमतिसँग भएको सम्बन्धविच्छेद बारे बयान दिएको बुझिएको छ ।

सहकारी सम्बन्धि छानविन गर्न बनेको विषेश समितिले पनि आफनो प्रतिवेदनमा धनराज माथि छानविन गर्नु पर्ने राय दिएको थियो ।

उनको पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीआधारमा धनराजमाथि छानविन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?