मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसो मौसममा हरियो लसुन खानुका यति धेरै फाइदा

लसुनमा जीवाणुरोधी र एन्टिसेप्टिक गुण पाइन्छ । लसुनले खानालाई स्वादिष्ट मात्र बनाउने काम गर्दैन यसले स्वास्थ्यलाई लाभ पनि पुर्‍याउँछ । 

लसुनमा हुने म्यागनीज, पोटासियम, आइरन, क्याल्सियम र भिटामिन जस्ता तत्त्वहरूले शरीरलाई थुप्रै रोगहरूबाट समेत बचाउने काम गर्छ । 

लसुनमा चिसो र विभिन्न प्रकारका फ्लुसँग लड्ने क्षमता हुन्छ । यदि चिसो मौसममा लगातार रुघाखोकीको सिकार भएमा लसुनको चिया पिउने वा खाली पेटमा पेटमा लसुन खाँदा यस्तो समस्या कम हुन्छ । 

यस्ता छन् चिसो मौसममा हरियो लसुन खानुका फाइदा

ब्लड सुगर नियन्त्रण

ब्लड सुगर नियन्त्रणको लागि हरियो लसुन निकै राम्रो मानिन्छ । खासगरी मधुमेह र ब्लड सुगरका बिरामीको लागि हरियो लसुनले औषधीको रूपमा काम गर्छ ।

श्वासप्रश्वासमा सहयोग

श्वासप्रश्वास सम्बन्धी समस्या भएका मानिसहरूको लागि पनि हरियो लसुन राम्रो मानिन्छ । यसले श्वासप्रश्वास प्रणालीको कामलाई राम्रो बनाउँछ ।

आइरनको स्रोत

हरियो लसुनमा भएको कोशिकामा भरपुर मात्रामा आइरन पाइन्छ । जसले शरीरलाई बलियो बनाउन सहयोग गर्छ ।

मस्तिष्कमा रक्तसञ्चार

मस्तिष्कमा रक्तसञ्चारलाई चुस्त दुरुस्त बनाउनको लागि हरियो लसुन उपयुक्त मानिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?