काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा यतिबेला नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन जारी छ ।
रङ्गकर्मी केदार श्रेष्ठको परिकल्पना, लेखन तथा निर्देशनमा बनेको नाटकको निर्माण अभिनेता दयाहाङ राईले गरेका हुन् । नाटकले एक दम्पतीको जीवन मार्फत मानवीय सम्बन्ध र संवेदनाको खोजी गर्ने जमर्को गरेको छ ।
मेनुका प्रधान र कार्मको मुख्य भूमिका रहेको नाटकले शब्दभन्दा पनि दृश्य भाषामार्फत कथा भन्न प्रयास गरेको छ ।
सोमबार बाहेक मङ्सिर १६ गतेसम्म मञ्चन हुने नाटकमा भित्री मञ्चमा मनिष ब्याञ्जु र आभा प्रधानको समेत भूमिका रहेको छ ।
फोटोफिचर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया