काठमाडौँ– नेपाली फिल्म उद्योगमा नीता ढुङ्गाना र हरिहर अधिकारीको जोडी चर्चितमध्येको एक हो । यी दुईले दुई वर्षअघि धुमधामका साथ बिहे गरेका थिए ।
नीता र हरिहर पछिल्लो समय फिल्म क्षेत्रमा सक्रिय छन् । हरिहरले फिल्म ‘शुभ लभ’ बाट रजतपटमा डेब्यु गरेका थिए । यो फिल्मले व्यावसायिक सफलता हात पार्न नसके पनि उनको करिअरलाई भने फाइदा पुर्यायो ।
नीताले ‘छ एकान छ’, ‘फूलैफूलको मौसम तिमीलाई’, ‘पञ्चायत’, ‘नोटबुक’ लगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी छिन् ।
यी दुईले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । उक्त फिल्ममा रियल जोडी नीता र हरिहरले पर्दामा पनि रोमान्स गर्दैछन् ।