कार्तिक– मङ्सिरको महिनामा निबुवा,भोगटे जस्ता खानेकुराहरू हाम्रा बारीहरूमा लटरम्म फलिरहेको हुन्छ र खाने समय हुन्छ ।
अहिले भोगटेको मौसम छ । यसै पनि मौसमी फल खानाले स्वास्थ्यलाई धेरै फाइदा मिल्छ । भोगटेमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ जसका कारण यो स्वादमा अमिलो हुन्छ ।
अब कुरा गरौँ भोगटेको सेवनले मिल्ने लाभहरु
– यसले हाम्रो शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ । यो फलमा धेरै भिटामिन र मिनिरल्स हुन्छन्, यसैले यसको प्रयोगले ज्वरो, पाचन सम्बन्धी समस्या निको पार्न सहयोगी हुन्छ ।
– यसको बोक्राको सेवनले वाकवाकी लाग्ने र हिक्क– हिक्क लाग्ने समस्या रोक्न सकिन्छ । यो फलको प्रयोग मदिराको नशा हटाउन पनि गर्न सकिन्छ ।
– यो फल हाम्रो मुटुको लागि पनि फाइदाजनक छ । यसको अमिलोपनले हाम्रो मुटुका कोशिकालाई बलियो बनाउँछ ।
– यो फल भिटामिन सीले भरिपूर्ण हुन्छ । तिनीहरूले प्रतिरक्षा प्रणालीलाई बढाउँछन् । हड्डी तथा कपालको स्वास्थ्यमा सुधार गर्न सक्छन् ।
– यसले हाम्रो शरीरमा रक्त प्रवाह राम्रो बनाउन सहयोग गर्छ, जसले हाम्रो मुटु स्वस्थ रहन्छ । यो फल मौसम अनुसार सेवन गरिन्छ । त्यसैले जब यसको मौसम आउँछ हरेक दिन यो फल खानु फाइदाजनक हुन्छ ।
– यसमा पाइने भिटामिन सीको मात्राले हाम्रो शरीरलाई रोगहरूसँग लड्न मद्दत गर्छ । यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ । जसले हाम्रो मांसपेशीलाई बलियो बनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया