मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जहाँ भूतसँगै बस्छन् राष्ट्रपति

काठमाडौँ– विश्वका हरेक देशका राष्ट्रप्रमुखका लागि विशेष निवासको व्यवस्था गरिएको हुन्छ । राष्ट्रपतिले राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गर्ने देशमा विशेष भवन बनाइएको हुन्छ भने राजसंस्था भएको देशमा राजारानीका लागि शानदार राजप्रसाद नै हुन्छ ।

उदाहरणका लागि नेपालका राष्ट्रपति शीतल निवासमा बस्छन्, भारतीय राष्ट्रपति राष्ट्रपति भवनमा, चीनका राष्ट्रपति जोङनानहाई र फ्रान्सका राष्ट्रपति पाले द लेलिजीमा बस्छन् । राजसंस्थाको कुरा गर्ने हो भने बेलायती राजपरिवार बकिङ्घम दरबारमा, साउदी राजपरिवार अल यामामा दरबारमा, बेल्जियन राजपरिवार लेकेन दरबारमा बस्छन् ।

तर विश्वमा एउटा यस्तो देश छ जहाँ राष्ट्रपतिको सरकारी निवासमा राष्ट्रपतिसँगै भूतहरू पनि बस्छन् । यी भूत त्यस देशका पूर्वराष्ट्रपतिका हुन् भन्ने मान्यता रहेको छ । के तपाईंलाई यो देशको नाम थाहा छ ?

अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा भूत रहेको दाबी गरिन्छ । डेली स्टार न्यूज वेबसाइटका अनुसार अमेरिकी राष्ट्रपतिको निवासमा भूतको पनि बास छ ।

यो पत्याउन पक्कै सजिलो छैन । तर त्यहाँ काम गर्ने मानिसहरूले ह्वाइट हाउसमा भूत घुमेको आफूहरुले देखेको दाबी गर्छन् । अमेरिकामा हालै सम्पन्न निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भइसकेका छन् । उनले राष्ट्रपतिका रुपमा त्यही ह्वाइट हाउसमा बस्नुपर्नेछ । यद्यपि ट्रम्पले यसअघि पनि राष्ट्रपतिका जिम्मेवारी सम्हालिसकेका छन् ।

ह्वाइट हाउसका विभिन्न भागमा अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको आत्मा देखेको दाबी गरिएको छ । सन् १८६५ मा फोर्ड थिएटरमा उनको गोली हानी हत्या भएको थियो । सन् १९४२ मा नेदरल्यान्ड्सकी महारानी विल्हेल्मिना ह्वाइट हाउसमा बसिरहेकी थिइन् ।

राति अचानक उनले आफ्नो कोठामा ढोका ढकढकाएको आवाज सुनिन् । ढोका खोल्ने बित्तिकै अब्राहम लिंकनको भूत अगाडि उभिरहेको थियो । उनीसँगै बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले पनि ह्वाइट हाउसमा लिंकनको भूत देखेका थिए । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको कुकुर रेक्सले पनि लिंकनको सुत्ने कोठा देख्दा भुक्ने गर्दथ्यो र रहस्यमय रुपमा कोठाभित्र पस्ने गर्दथ्यो ।

सन् १८४१ मा ३२ दिनसम्म अमेरिकाका राष्ट्रपति रहेका विलियम हेनरी ह्यारिसनको भूत पनि ह्वाइट हाउसमा देखिएको छ । सन् १८४१ मा निमोनियाको कारणको उनको निधन भएको थियो ।

मानिसहरू ह्वाइट हाउसमा ह्ययारिसनको रहस्यमय आवाजहरू सुनेको बताउँछन् । जुन भायोलिनको थियो । यो पूर्वराष्ट्रपति थोमस जेफरसन को भूत मानिन्छ । उनी १८०१ र १८०९ को बीचमा राष्ट्रपति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?