मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’

डडेल्धुरा – सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदैछ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति ९रतेडी० र दोस्रो दिन भोलि ‘दिउसेडी’ कार्यक्रम हुने गरेको छ ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिङ्ग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ ।

लाटा गन्याप देवताको भक्तिस्वरूप बनाइने जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेल्ने गरिन्छ ।

मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ‘देउताको प्रतीक’ ल्याउने चलन रहेको छ । कुजाकोट, रुमायल, बडाल, थप्सालगायतका स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाउँबाट ल्याउने चलन रहेको छ । ढाल तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ ।

यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ ।

जाँतमा भोलि २७ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदल जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?