काठमाडौँ– केही समययता छिमेकी मुलुक भारतको मौसम दिनप्रतिदिन बिग्रिँदै गएको विभिन्न अनुसन्धानले देखाएका छन् । प्रदूषण मापनको रिपोर्टहरूका अनुसार नोभेम्बर ९ तारिखमा दिल्लीको हावा निकै गम्भीर रहेको बताइएको छ ।
हुन त भारतका दिल्ली लगायतका कैयन् शहर धेरैपटक संसारकै सबैभन्दा प्रदूषित शहरको सूचीमा यसअघि पनि आएका थिए ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार त्यहाँको स्थानीय समय अनुसार बिहान ९ बजे दिल्लीको बवाना र मोतीबागमा हावाको गुणस्तर इन्डेक्स अर्थात् एक्युआई ३०० देखि ४०० सम्म पुगेको थियो ।
वायु प्रदूषणको एक्युआई ४०० भन्दा माथि गयो भने गम्भीर अवस्था ठानिने गरिन्छ । वायु प्रदूषणको असरले भारतीय नागरिकको स्वास्थ्यमा पनि विभिन्न खालका समस्याहरू देखा परेका छन् । त्यहाँको सरकारले विद्यालयहरूमा सार्वजनिक विदा दिएको छ भने सर्वसाधारणलाई घरबाहिर ननिस्किन पनि अनुरोध गरेको छ ।
उच्च वायु प्रदूषणका कारण भारतको स्वास्थ्य संस्थामा श्वास प्रश्वाससम्बन्धी बिरामीहरुको संख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । जुन प्रदूषित हावाबाट स्वासप्रश्वासमा समस्या देखिएको विज्ञहरूले बताएका छन् ।
दिल्लीका स्थानीय बासिन्दालाई वायु प्रदूषणलाई ग्यास च्याम्बरका रूपमा व्याख्या गरेका छन् भने उनीहरूले सकसपूर्ण जीवन व्यतित गर्न बाध्य छन् । विश्वको पाँच प्रदूषित शहरमा भारतका गुरुग्राम, गावियाबाद, फरिदाबाद, भिवादी र नोएडा रहेका छन् । जुन भारतको राजधानी दिल्लीको ८० किलोमिटर वरिपरिका शहर हुन् ।
पर्यावरण संगठन ग्रीनपीसले सन् २०१८ मा भारतकोको प्रदूषणको स्थितिबारे अनुसन्धान गरेको थियो । सो अनुसन्धानका अनुसार विश्वको ३० प्रदूषित शहरमध्ये भारतका मात्रै २२ वटा शहरहरु परेका थिए ।
सोही अनुसन्धानका अनुसार पनि यहाँको हावाको स्तर डब्लुएचओको आधारमा पनि सुरक्षित छैन । हावामा घुल्ने विषका कण पनि २.५ मिटर (२.५) पीएम रहेको मानिन्छ । जुन कार्वनको कण वा धुलोको कणमा मिसिने गर्छ ।
डब्लुएचओको आँकलनको अनुसार दुनियाँभरमा करीब ७० लाख मानिस दिल्लीको वायु प्रदूषणको चपेटामा परेका छन् । यसले गर्दा स्ट्रोक, दिलको समस्या, सुगर, क्यान्सरलगायतको बिरामीको संख्यामा पनि वृद्धि भइरहेको देखिएको छ ।
दिल्ली र सो वरपर बसोबास गर्ने करीब तीन लाख मानिसको स्वास्थ्यमा पछिल्लो एक हप्तामा मात्रै विभिन्न समस्या देखिएको बताइएको छ । तर यो यहाँको मात्रै समस्या होइन । भारतको उत्तरी क्षेत्र विशेष गरी गंगा मैदानमा प्रदूषणको समस्या धेरै रहेको छ ।
त्यहाँको हावाले नेपाल र बंगलादेशमा पनि असर परेको छ । किनकि त्यहाँको हावा हिमालय क्षेत्रसम्म पनि जाने गर्छ ।
भारतमा अक्टोबर र नोभेम्बरको महिनामा वायु प्रदूषणको समस्या किन रहन्छ त ? यसका थप कारण छन् ।
पराल जलाउँदा बढेको प्रदूषण
दिल्ली र भारतको उत्तरी क्षेत्रमा खेतमा पराल जलाउँदा वायु प्रदूषण बढेको मानिन्छ । धान काटिसकेपछि नयाँ खेती तयार गर्नका लागि यहाँ कृषकहरु सजिलो बाटो अपनाउने गर्छन् । जसमा पराल बाल्ने पनि पर्दछ । तर पश्चिमी हावाको असरले आगोबाट निस्केको धुवाँ उडाएर दिल्लीसम्म पनि लैजाने गर्दछ । यसले गर्दा पनि हरेक वर्ष दिल्लीमा प्रदूषण बढेको विभिन्न अध्ययनले देखाएका छन् ।
भारतीय सरकारले वायु प्रदूषण कम गर्नका लागि पराल जलाउने प्रवृत्तिलाई कम गर्न खोजेको छ । तर,सफल हुन सकेको छैन । यसका साथै यसलाई शून्यमा झार्नsf लागि सरकारसँग कुनै ठोस योजना पनि छैन ।
भारतको मुख्य पेशा भनेको कृषि हो । त्यसैले पनि पुरानो खेतीको बोटलाई जलाएर नयाँ बाली लगाउन गरिन्छ । विशेष गरी उत्तर प्रदेश र हरियाण जस्ता राज्यमा रहेको छ । यसले गर्दा पनि यहाँ प्रदूषण बढेको पाइन्छ ।
सवारी साधनबाट निस्कने धुवाँ
भारतीय सरकारले त्यहाँको शहरमा दैनिक ३० लाखभन्दा बढी सवारी गुड्ने जनाएको छ । नागरिकले सडकमा कमभन्दा कम सवारी प्रयोग गरुन् भनेर विभिन्न योजना पनि अघि सारेको छ । योजनाका कारण अहिले सवारी चाप कम भएको भारतीय सरकारको दाबी छ । तर, पनि सन् २०१६ मा भारतको सडकमा दैनिक २० करोडभन्दा बढी गाडी गुड्ने गरेको तथ्यांक रहेको छ । तर गाडीभन्दा पनि पराल जलाउनु यहाँको मुख्य समस्या हो ।
भारतमा डिजेलको प्रयोग बढी हुने गरेको छ । यसले गर्दा पनि यहाँ प्रदूषण बढेको छ । उसो त भारतीय सरकारले इलेक्ट्रोनिक सवारी साधनलाई पनि बढुवा दिएको छ । भारतीय सरकारको अनुसार सन् २०१५ मा भारतमा डिजेलबाट चल्ने एक करोड ९० लाख वटा गाडी दर्ता गरिएको छ ।
यसका साथै डिजेलबाट चल्ने एक लाखभन्दा बढी ट्याक्सी रहेका छन् ।
निर्माण गतिविधि
भारतमा जब वायु प्रदूषण बढ्न थाल्छ । तब निर्माण कार्यलाई ठप्प राख्न निर्देशन दिन्छ । यसले गर्दा निर्माणाधीन आवासीय घर, अपार्टमेन्ट, सरकारी काम, सडकको निर्माण कार्य रोकिन्छ ।
निर्माण कम्पनी तथा प्रशासनले पनि निर्माण स्थलबाट निस्केको धुलो कम गर्नका लागि सरकारको नियम पूर्ण रुपमा पालना गर्ने गर्छन् । भारत सरकारका अनुसार सन् २०२२ मा निर्माण उद्योगको बजार ७३८ दशमलव ५ अरब डलर रहेको छ । साथै देशको अर्थ व्यवस्थामा स्टील र सिसा उद्योग रहेको छ ।
नेपालमा पनि असर
पछिल्लो समय भारतमा वायु प्रदूषण बढेसँगै नेपालमा पनि यसको असर परेको छ । भारतसँग सीमा जोडिएको दाङ, बाँके लगायतका जिल्लाहरुमा पनि वायु प्रदूषण बढेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।
वातावरण विभागका अनुसार आइतबार दिउँसो १ बजेपछि वायु प्रदूषणको मापक रत्नपार्कमा सबैभन्दा बढी रहेको छ । रत्नपार्कमा यो समय एक्युआई १४७ पुगेको छ । यस्तै गरी, दाङको तुलसीपुरको १४०, भक्तपुरको ११७, खुमलटारको ११५ र नेपालगञ्जको १०३ पुगेको छ । आइतबार बिहान ९ बजेदेखि वायु प्रदूषण बढ्दै गएको हो । यो सोमबार बढ्ने विभागको अनुमान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया