मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चामल पखालेको चौलानी पानीका अनेक फाइदा

चामल पखालेको पानीलाई चौलानी पानी भनिन्छ । प्रायजसो हामीले चामल पखालेको पानीलाई फाल्ने गर्छौ अर्थात् सदुपयोग गर्दैनौ ।

तर अब भने चामल पखालेको पानी नफाल्नुहोस् किनकि चामल धोएको उक्त पानीमा औषधीय गुण हुन्छ । चामलको धोएको पानीमा भिटामिन, प्रोटिन लगायत महत्त्वपूर्ण तत्त्वहरू हुन्छन् ।

अब कुरा गरौँ चौलानी पानीका फाइदाहरूका विषयमा 

अनुहारलाई सधैँ जवान देखाउनको लागि विभिन्न सौन्दर्य सामग्रीहरू प्रयोग गर्ने गरिन्छ । ती महँगा सौन्दर्य सामग्रीले अनुहारलाई दीर्घकालमा असर गर्ने सम्भावना हुन्छ भने पैसा पनि महँगो पर्छ ।

यस्तो अवस्थामा चामल धोएको पानी सबैभन्दा उपयोगी हुन्छ । चामल धोएको पानीले पन्ध्र मिनेट सम्म अनुहारमा मसाज गर्नुपर्छ । यो प्रक्रिया दिनहुँ अपनाउनाले अनुहारको छाला टाइट हुन्छ, छालाको चाउरीपना हट्छ र अनुहारमा चमक बढ्छ ।

चामल धोएको पानीलाई स्प्रेको रूपमा पनि प्रयोग गर्न सकिन्छ । स्प्रे गर्न मिल्ने बोतलमा राखेर आफूले चाहेको समयमा अनुहारमा स्प्रे गर्न सकिन्छ ।

यसको साथै चामल धोएको पानीले कपाल नुहाउनाले कपालको समस्याहरू हट्दै जान्छन् । कपाल स्वस्थ र सुन्दर हुन्छ ।

चामल धोएको पानी पिउनु पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । चामल धोएको पानी ज्वरो आएको समयमा पिउनाले शरीरको तापक्रममा सन्तुलित बनाएर ज्वरो निको हुन मद्दत गर्छ।

चामल धोएको पानी पिउनाले शरीरमा पानीको मात्रालाई बढाइदिन्छ । जसले गर्दा धेरै रोग निको हुनको लागि सहयोग पुग्छ । कब्जियत हुने व्यक्तिको लागि चामल धोएको पानी औषधी साबित हुन्छ ।

चामल धोएको पानीले शरीरमा पानीको मात्रा पूरा गरिदिने हुनाले शरीर स्फूर्त हुन्छ र दिमाग पनि ताजा महसुस हुन्छ । यसकारण चौलानी पानी नफ्याँक्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?