मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनले गर्‍यो ‘रिमोट सेन्सिङ’ भूउपग्रहहरूको प्रक्षेपण

काठमाडौँ –चीनले ‘रिमोट सेन्सिङ’ भूउपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ।

शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यी  भूउपग्रहहरू प्रक्षेपण गरिएको हो । 

पाइसेट–२ का चार ओटा भूउपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए।

तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट–सेन्सिङ डाटा सेवाहरू प्रदान गर्नेछन्। यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५४४ औं उडान अभियान थियो।

मार्च सन् २०२३ मा, चीनले पाइसेट–१ सहित चार ओटा भूउपग्रहहरूको पहिलो प्रक्षेपण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?