मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राजामौलीले एक हजार करोडको फिल्म बनाउने, महेश बाबुले पारिश्रमिक नलिने

काठमाडौं– भारतका भेट्रान निर्देशक एसएस राजामौलीले एक हजार करोडको लागतमा नयाँ फिल्म बनाउने भएका छन् । निर्देशक राजमौलीको यो घोषणाले भारतीय चलचित्र उद्योगमा हलचल पैदा भएको छ ।

यस फिल्मलाई हाल ‘एसएसएमबी २९’ नाम दिइएको भएपनि पछि परिवर्तन हुनसक्ने जनाइएको छ ।

घोषणा गरेअनुसार निर्माण भए यो भारतीय इतिहासकै सबैभन्दा महङ्गो फिल्म हुनेछ । यसअघि निर्माणाधीन ‘रामायण’ लाई सर्वाधिक महङ्गो फिल्मका रुपमा चित्रण गरिएको थियो ।

यस फिल्ममा महेश बाबुको मुख्य भूमिका रहने बताइएको छ । यद्यपि महेश बाबुले यस फिल्मबाट कुनै पनि पारिश्रमिक नलिने बताएका छन् । उनले फिल्म रिलिज भएपछि व्यापार हेरेर मात्रै पारिश्रमिक लिने सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?