मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बाध्य भएर बाँच्नेहरु छन्…’ नयाँ कवितामा मेयर बालेनले के लेखे ?

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् ।

त्यसबाहेक मेयर बालेनले सामाजिक सञ्जालमा कहिलेकहीँ कविता पनि लेख्ने गर्छन् । हालै मेयर बालेनले फेसबुकमा एउटा कविता सार्वजनिक गरेका छन् ।

यस्तो छ उनले लेखेको कविता-

बाध्य भएर नाच्नेहरु छन ,
रहरले बिलौना गर्नेहरु छन ,
बाध्यतामा हास्नेहरु छन ,
रहरमा आशु झर्नेहरु छन ,
बाध्य भएर बाच्नेहरु छन ,
रहरले यहाँ मर्नेहरु छन ।
परिस्थितीले आट्नेहरु छन ,
अनी , अघी बढ्नेहरु छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?