मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रामायण’ दुई भागमा रिलिज हुने, राम-सिताको भूमिकामा रणवीर र साई पल्लवी

काठमाडौँ – बलिउड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ । 

फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । पहिलो भाग २०२६ मा र दोस्रो भाग २०२७ मा दीपावलीको अवसरमा रिलिज हुनेछ ।

यस फिल्ममा रणवीर कपुरलाई भगवान रामको भूमिकामा र दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा रहेकी छन् । त्यस्तै केजीएफ फेम अभिनेता यश फिल्ममा रावणको भूमिकामा देखिनेछन् ।

फिल्मको पहिलो पोस्टर सेयर गर्दै निर्माता नमिल मल्होत्राले लेखेका छन्– ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको छु । जसले ५००० वर्षभन्दा बढी समयदेखि अरबौँ हृदयहरूमा शासन गरेको छ । म यसलाई सुन्दर ढङ्गले आकार दिइरहेको देखेर उत्साहित छु । हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति हाम्रो रामायण संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने ।’

यो फिल्म ५ सय करोडभन्दा बढीको बजेटमा बनाइने बताइएको छ । फिल्मलाई मधु मन्टेना, अल्लु अरविन्द र नमित मल्होत्राले संयुक्त रूपमा निर्माण गर्नेछन् ।

फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गर्न निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय कम्पनी वार्नर ब्रदर्ससँग सम्झौता गर्ने प्रयास गरिरहेको बताइएको छ ।

फिल्ममा हान्स जिम्मर र एआर रहमान जस्ता ओस्कर विजेता कलाकारहरू सङ्गीत र पृष्ठभूमि स्कोरमा काम गरिरहेको जानकारी दिइएको छ ।

ओस्कार विजेता कम्पनी डिनेग फिल्मको भिएफएक्समा काम गर्ने भएको छ । यो फिल्म हिन्दी, तमिल र तेलुगु लगायत धेरै भाषामा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?